१ बर्ष अगाडि   २०८१ मंसिर १८ गते मंगलबार   हेरिएका: ११३  


स्थगित भएको गणतन्त्र सेनानी सम्मान कार्यक्रम मंसिर १९ गते बुधबार हुने

img

काठमाडौं । गत मंसिर ९ गते तय भएर स्थगित भएको गणतन्त्र सेनानी सम्मान कार्यक्रम यहि मंसिर १९ गते बुधबार हुने भएको छ । पार्टीको केन्द्रीय सदस्य, जनमुक्ति सेनाको पूर्व ब्रिगेड कमिसार, संबिधानसभा सदस्य तथा पूर्व भौतिक योजना राज्य मन्त्री पदम बहादुर राईको निधनका कारण कार्यक्रम स्थगित भएको थियो ।

गणतन्त्र सेनानी कोषको आयोजनामा हुन लागेको कार्यक्रममा गणतन्त्र प्राप्तीका लागि शसस्त्र संघर्षको अग्रमोर्चामा सहभागि भएर योगदान दिने गणतन्त्रका योद्धाहरुलाई सम्मान गर्नेछ । कार्यक्रम बुधबार मध्यान्ह १२ बजे देखि राष्ट्रिय नाचघर जमलमा सम्माननीय गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुनेछ ।

कार्यक्रममा गणतन्त्र नायकका रुपमा जनयुद्धका सर्वोच्च कमाण्डर तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्नेछ । त्यसैगरी जनमुक्ति सेनाका डेपुटी कमाण्डर एवं पूर्व सम्माननीय उपराष्ट्रपती नन्दकिशोर पुन पासाङ, डेपुटी कमाण्डरहरुमा पूर्व अर्थ एवं उर्जा मन्त्री वर्षमान पुन, पूर्व अर्थ, गृह एवं उर्जा मन्त्री जनार्दन शर्मा, र पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाललाई गणतन्त्र कमाण्डरको रुपमा सम्मान गर्नेछ ।

त्यसैगरी तोकिएको मापदण्डभित्र परेका बागमती प्रदेशका १३ जिल्लाबाट एक—एक जना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिने आयोजक गणतन्त्र सेनानी कोषले जनाएको छ ।

img

सरल सहयात्री

अध्यक्ष

गणतन्त्र सेनानी कोष

img

भोला प्रसाद अर्याल

उपाध्यक्ष

गणतन्त्र सेनानी कोष

img

शंकर बोहोरा

सचिव

गणतन्त्र सेनानी कोष

img

शुष्पा भुजेल

कोषाध्यक्ष

गणतन्त्र सेनानी कोष

img

इश्वर सापकोटा

सदस्य

गणतन्त्र सेनानी कोष

img

इश्वर सापकोटा

सदस्य

गणतन्त्र सेनानी कोष

img

केशर कालिकोटे

सदस्य

गणतन्त्र सेनानी कोष

img

जानुका धमला

सदस्य

गणतन्त्र सेनानी कोष

img

संगिता कँडेल

सदस्य

गणतन्त्र सेनानी कोष